हुनेवाला गभर्नर भट्ट विरुद्धको रिट हेर्न नभ्याइनेमा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
785
Shares
काठमाडौँ । हुनेवाला गभर्नर डा गुणाकर भट्ट विरुद्धको रिर्ट हेर्न नभ्याइनेमा परेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको रिट आइतबार हेर्न नभ्याइनेमा परेको हो ।
भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएकै आधारमा उनी गभर्नर बन्नका लागि राजीनामा दिएको शंकाबीच विपक्षी बनाएर पूरक निवेदन दर्ता गरिएको थियो ।
उक्त रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेर आइतबार अन्तरिम आदेश प्रयोजनका लागि पेसी तोकेको थियो ।
शुक्रबार गभर्नरमा नियुक्ति हुने चर्चासँगै भट्टको राजीनामा आएपछि उनीविरुद्ध पूरक निवेदन दर्ता भएको थियो । उक्त मुद्दा आइतबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासको ३७औँ नम्बरमा परेको थियो ।
भट्ट अयोग्य भएको भनी उक्त रिट परेको भए पनि अर्थशास्त्रका विज्ञहरु भने उनी योग्य रहेको बताइरहेका छन् । तर नियुक्ति हुनुअघि नै नियुक्त हुने हल्लाबीच रिट पर्नु भने दुर्भाग्य भएकोसमेत उनीहरुको जिकिर छ ।