arrow

सर्वोच्चमा संवैधानिक निकायका ५२ नियुक्तिमाथि सुनवाइ जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
supreme-court-photo-oli.jpg

काठमाडौँ । संवैधानिक निकायका ५२ नियुक्तिका बारेमा सर्वोच्च अदालतमा सुनवाइ जारी रहेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहितको पूर्ण इजलासमा सुनुवाइ जारी रहेको हो । 

प्रधानन्यायाधीश  राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो । 
 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि बल्ल गत माघदेखि नियमित सुनुवाइ भएको हो ।


गत बुधबार चौथो दिन सुनुवाइ भएको थियो । सामान्यतया बुधबार र शुक्रबार मात्रै पूर्ण इजलास तोकिने गरेको प्रधानन्यायाधीशकै अग्रसरतामा यो मुद्दामा प्राथमिकतामा तोकिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ