arrow

ललितपुर एनसेल एनएसएलको फाइनलमा, तनावपूर्ण खेलमा धनगढी पराजित [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ६ शनिबार
ncell-nsl-lfc-dfc-82-01-05-.jpg

काठमाडौँ । ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा शनिबार धनगढी एफसीलाई पराजित गर्दै साविक विजेता ललितपुर लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो खेललाई गत वर्षको फाइनल खेलको झझल्कोका रुपमा लिइएको थियो । गत वर्षको उपाधि ललितपुरले जितेको थियो । यसपालि पनि ललितपुर नै विजयी हुँदै फाइनलमा पुगेको छ । 

ललितपुर २–१ ले विजयी भएको हो । रेफ्रीको खराब निर्णयको सिकार भएको ललितपुर १० खेलाडीमा सीमित भए पनि फाइनल पुग्नबाट धनगढीले रोक्न सकेन । 

ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र इबु केबेले गोल गरे। धनगढीका जर्जप्रिन्स कार्कीले सान्त्वना गोल गरे । 

तर ललितपुर खेलको १६औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । मणिकुमार लामाको खुट्टामा रहेको एअर बललाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए । मणिबाट कुनै खतरा नरहेको अवस्थामा उनले सिधै खुट्टाले छात्तीमा प्रहार गरे। 

त्यसपश्चात् दुवै खेलाडी एकअर्कामाथि लडेका थिए । मोहम्मदले केही नाटक गरे । मणिले लड्दा आफ्नो अनुहारमा खुट्टाले प्रहार गरेको नाटक गरेपछि मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि सिधै रातो कार्ड दिएका थिए । मोहम्मदको नाटकको पछि रेफ्री लाग्दै लागेन । 
मणिलाई सिधै छात्तीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए ।  

खेल सकिएलगत्तै धनगढीका कासेइडोले पनि रातो कार्ड पाए । उनले ललितपुरका खेलाडीसँग बहस गरेपछि दोस्रो पहेँलोसहित रातो पाएका हुन् । 

ललितपुरका पापले पनि रातो कार्ड पाएका छन् । अन्तिम समयमा भने धनगढी र ललितपुरका म्यानेजमेन्टबीच हात हालाहालको स्थिति देखिएको थियो। 

समग्रमा यो तनावपूर्ण खेल नै रह्यो । 

यी टोलीले लिग चरणमा गोलरहित बराबरी खेलेका थिए। यद्यपि ललितपुर १२ र धनगढी ११ अंकसहित क्वालिफायरमा पुगेका थिए । 

पराजित धनगढीले अब फाइनलका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । 

इलिमिनेटरमा पोखरा थन्डर्स र चितवन एफसी आइतबार खेल्दैछन् । 

ललितपुर र धनगढी समीकरण
दुई टोली अहिलेसम्म पाँच पटक आपसमा भिडिसकेका छन् । तीमध्ये तीन खेल बराबरीमा सकिएको छ भने दुईमा ललितपुरले जित हात पारेको छ । 

पहिलो संस्करणमा यी दुई टोलीले लिग चरणमा १–१ को बराबरी खेलेका थिए । 

दोस्रो संस्करणमा भए लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेले। तर फाइनलमा ललितपुरले धनगढीलाई ३–२ ले हरायो । 

यसपालिको तेस्रो संस्करणको लिग चरणमा गोलरहित बराबरी खेले । क्वालिफायरमा ललितपुरले २–१ ले जित्यो । 

यसअघि दुवै पटक फाइनलमा पुगेको धनगढीले उपाधि जित्न भने सकेको छैन । 
 

ncell-nsl-lfc-dfc-82-01-05 (1).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (2).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (3).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (4).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (5).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (6).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (7).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (8).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (9).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (10).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (11).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (12).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (13).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (14).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (15).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (16).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (17).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (18).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (19).jpeg
ncell-nsl-lfc-dfc-82-01-05 (20).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ