एनसेल एनएसएलको प्लेअफ समीकरण पूरा, चितवन प्लेअफमा, काठमाडौँ बाहिरियो
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
692
Shares
काठमाडौँ। एफसी चितवन एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीमाथि सहज जित निकाल्दै चितवन प्लेअफमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार बेलुकी लिग चरणको अन्तिम खेलमा ३–१ को जित निकाल्दै चितवनले प्लेअफको यात्रा तय गरेको हो।
जितसँगै ६ खेलमा १० अंक जोडेको चितवन तेस्रो स्थानमा रह्यो। पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
योसँगै आठ अंक जोडेको काठमाडौँ रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ। चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अंक रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाडौँ बाहिरिएको हो ।
प्लेअफ समीकरण
अब पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी खेल्नेछन् ।
इलिमिनेटरमा चितवन र पोखरा भिड्ने छन् । पहिलो क्वालिफायर खेल शनिबार हुनेछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।