arrow

आईपीएलमा मुम्बईले हरायो हैदराबादलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
mumbai-srh.jpg

काठमाडौँ। मुम्बई इन्डियन्सले आईपीएलको १८औँ सिजनमा सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गरेको छ। बिहीबार वानखेडे स्टेडियममा भएको खेलमा मुम्बईले हैदराबादलाई १६३ रनको लक्ष्य १८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो।

टस जितेर पहिले बलिङ रोजेको मुम्बईले उत्कृष्ट प्रदर्शन गर्दै हैदराबादलाई निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६२ रनमा सीमित गर्‍यो। हैदराबादका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए भने बलिङमा उनले २ विकेट पनि लिए।

जवाफी ब्याटिङमा उत्रेको मुम्बईका लागि रोहित शर्माले आक्रामक सुरुवात गर्दै २६ रन बनाए। त्यसपछि रायन रिकेलटनले ३१ र सूर्यकुमार यादवले २६ रनको योगदान दिए। 

हैदराबादका कप्तान प्याट कमिन्सले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

खेलमा मुम्बईका बलरहरूले कसिलो बलिङ गर्दै ३९ वटा डट बल फ्याँके। जसप्रित बुमराहले ४ ओभरमा मात्र २१ रन दिए भने १९औँ ओभरमा महत्वपूर्ण विकेट लिए।

यसअघि दिल्ली क्यापिटल्सलाई पराजित गरेको मुम्बई इन्डियन्सले ७ खेलमा ३ जितसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ भने हैदराबाद ९ औँ स्थानमा यथावत छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ