arrow

संवैधानिक निकायको ५२ नियुक्तिको मुद्दा पाँच वर्षमा पनि टुंगेन, मुद्दा हेर्दाहेर्दैमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
supreme-court-photo-oli.jpg

काठमाडौँ । ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा गएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएको भन्दै हेर्दाहेर्दैमा राखिएको हो । 

गत माघदेखि शुरु नियमित सुनुवाइ भएको चौथो दिनमा बुधबार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावल लगायतले बहस गरी भ्याएका छन् ।

२०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए । जसको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ