arrow

रहेनन् प्रजातन्त्र सेनानी श्रेष्ठ, सभापति देउवाद्वारा समवेदना व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति निधन भएको हो । 

विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ