arrow

आईपीएल इतिहासकै 'लो स्कोरिङ' खेलमा पञ्जाबको जित

कोलकाता समेटियो ९५ रनमै 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
ipl-2024-punjab.jpg

काठमाडौँ । पञ्जाब किंग्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा सानो स्कोर सफलतापूर्वक डिफेन्ड गरेको छ। मुल्लांपुरमा भएको खेलमा घरेलु टोली पञ्जाब किंग्सले मात्र १११ रन बनाएको थियो, तर उत्कृष्ट बलिङ प्रदर्शन गर्दै कोलकाता नाइट राइडर्सलाई ९५ रनमै अलआउट गर्‍यो।

पञ्जाब किंग्सका युजवेंद्र चहलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए र खेलको पासा पल्टाए। उनले अजिंक्य रहाणे, अंगकृष रघुवंशी, रिंकू सिंह र रमनदीप सिंहलाई पवेलियन फर्काए। मार्को यानसनले पनि ३ महत्त्वपूर्ण विकेट लिए। यसअघि पञ्जाबका लागि प्रभसिमरन सिंहले ३० र प्रियांश आर्याले २२ रन बनाएका थिए।

कोलकाताका लागि रघुवंशीले सर्वाधिक ३७ रन बनाए। आन्द्रे रसेल र अजिंक्य रहाणेले १७-१७ रनको योगदान दिए। बलिङतर्फ हर्षित राणाले ३ विकेट लिए भने वरुण चक्रवर्ती र सुनील नरेनले २-२ विकेट हात पारे। यसअघि २००९ मा चेन्नई सुपर किंग्सले पञ्जाबविरुद्ध ११६ रनको स्कोर डिफेन्ड गरेको थियो, जहाँ पञ्जाब ९२ रनमै समेटिएको थियो।

यो जितसँगै पञ्जाब  आईपीएल इतिहासमा सबैभन्दा सानो स्कोर डिफेन्ड गर्ने टोली बनेको छ। यसअघि २००९ मा चेन्नई सुपर किंग्सले ११६ रनको लक्ष्य सफलतापूर्वक बचाएको थियो। रोचक कुरा के छ भने, पञ्जाबले आईपीएल इतिहासकै सबैभन्दा ठूलो रन चेजको कीर्तिमान पनि आफ्नो नाममा राखेको छ।

यो जितसँगै पञ्जाब अङ्क तालिकाको शीर्ष ४ मा उक्लिएको छ भने कोलकाता छैटौँ स्थानमा यथावत् छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ