arrow

एनसेल एनपीएलमा धनगढी प्लेअफमा, काठमाडौँको सम्भावना कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
ncell-npl-jhapa-dhangadhi.jpg

काठमाडौँ । साविक उपविजेता धनगढी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा धनगढीले झापा एफसीलाई १–० ले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । धनगढीलाई जित दिलाउन ६०औं मिनेटमा भएको गोल नै निर्णायक बन्यो। झापाका रक्षक दीपेश धिमालको खुट्टामा बल लाग्दै गोलमा परिणत भएको हो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको धनगढीले पाँच खेलबाट ११ अंक पुर्‍याएको छ। धनगढी प्लेअफमा पुग्ने दोस्रो टोली हो । यसअघि नै समान अंक भएको साविक विजेता ललितपुर सिटी एफसी प्लेअफमा प्रवेश गरिसकेको छ । 

झापाले भने जारी लिगमा पहिलो पराजय बेहोरेको हो। यसअघिका चार खेलमा झापाले बराबरीको नतिजा हात पारेको थियो। योसँगै झापाको प्लेअफ सम्भावना कमजोर बनेको छ । 

यता एफसी चितवनलाई पराजित गर्दै काठमाडौँ रेजर्सले प्लेअफ सम्भावना जीवितै राखेको छ।

सोमबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई २–० ले पराजित गरेको हो । योसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौँले ६ खेलबाट आठ अंक पुर्‍याएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ