arrow

आईपीएलमा दिल्लीलाई हरायो मुम्बईले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
dc-mumbai.jpg

काठमाडौं । मुम्बई इन्डियन्स (एमआई) ले आइतबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा दिल्ली क्यापिटल्स (डिसी) लाई १२ रनले पराजित गरेको छ। 

दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बईले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९ ओभरमा १९३ रनमै समेटियो। 

खेलको अन्तिमतिर लगातार तीन बलमा तीन रनआउट भएपछि दिल्लीको जित्ने सम्भावना समाप्त भएको थियो।

टस जितेर बलिङ रोजेको दिल्लीले मुम्बईलाई २० ओभरमा ५ विकेट गुमाएर २०५ रनमा रोकेको थियो। मुम्बईका लागि तिलक वर्माले ५९ रनको अर्धशतकीय पारी खेले। 

जवाफमा दिल्लीका करुण नायरले ४० बलमा ८९ रनको शानदार ब्याटिङ गरे पनि अन्य ब्याटरको सहयोग नपाउँदा टोली पराजित भयो। मुम्बईका कर्ण शर्माले ३ विकेट लिए।

 नायरले इम्प्याक्ट खेलाडीको रूपमा मैदानमा उत्रिएर उत्कृष्ट प्रदर्शन गरे। उनले ट्रेन्ट बोल्ट र जसप्रित बुमराह जस्ता विश्वस्तरीय बलरविरुद्ध पनि आक्रामक ब्याटिङ गरे। 

तर, उनको विकेटपछि दिल्लीको ब्याटिङ लाइनअप धराशायी भयो। अन्तिम ओभरमा लगातार तीन रनआउट भएपछि मुम्बईले रोमाञ्चक जित दर्ता गर्‍यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ