arrow

एनसेल एनएसएलमा बुटवलमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
ncell-npl-81-12-31.jpg

काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा पुगेको छ । दशरथ रङ्गशालामा शनिबार बेलुकी भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको हो ।

आजको खेलको २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलको ८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे ।  

आजको जितसँगै पाँच खेलबाट ११ अङ्क बटुल्दै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा ललितपुरले तीन खेलमा जित र दुई खेल बराबरी खेलेको हो । ललितपुर साविक विजेता टोली हो । 

लगातारको चौथो हारपछि बुटवल लुम्बिनी एफसी प्लेअफको होडबाट बाहिरिएको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी खेल्दा बाँकी चार खेलमा हार बेहोर्नुपर्‍यो । बुटवल तालिकाको पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ