arrow

धोनी फेरि बने चेन्नईका कप्तान, बाहिरिए ऋतुराज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
dhoni-ipl-2021.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी फेरि इन्डियन प्रिमियर क्लब आईपीएलमा चेन्नई सुपर किंग्सका कप्तान बनेका छन् । 

धोनीले संन्यास लिने चर्चा चलिरहँदा टिमले उनलाई कप्तान बनाएको हो । पूर्व कप्तान धोनीले गत सिजनदेखि कप्तानी छाडेका थिए । 

तर कप्तान ऋतुराज गायकवाड घाइते हुँदै आईपीएलबाट बाहिरिएपछि कप्तानीको जिम्मेवारी फेरि धोनीकै काँधमा आइपुगेको हो । 

ऋतुराजलाई राजस्थान रोयल्स विरुद्धको खेलका क्रममा बलर तुषार देशपाण्डेको बल कुहिनोमा लागेपछि चोट लागेको थियो । 

उक्त चोटपछि पनि ऋतुराजले दिल्ली क्यापिटल्स र पंजाब किंग्स विरुद्धको खेल खेलेका थिए । तर उनको स्क्यान गर्दा कुहिनो भाँचिएपछि बाहिरिएका हुन् । 

अर्को विकल्प नहुन्जेल धोनी नै कप्तान रहने प्रशिक्षक स्टेफन फ्लेमिङले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ