arrow

समितिमा अर्थमन्त्री

अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर बजेट ल्याइनेछ - मन्त्री पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
bishnu-poudel-12-27.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रूपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताएका हुन् । 

पौडेलका अनुसार संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकंक्षालाई पूरा गर्ने दिशामा सरकार अग्रसर हुनेछ । सांसदहरूको भूमिका विधि निर्माणसँगै विकास निर्माणमा समेत रहने बताउँदै पौडेलले विकास निर्माण र विधि निर्माणलाई समन्वयात्मक हिसाबले अघि बढाउनुपर्नेमा जोड समेत दिए । उनले भने– ‘अनुशासित ढङ्गले स्रोत व्यवस्थापन, परिचालन गर्ने ढङ्गले जान सकेनौँ भने हामी अप्ठ्यारोमा पर्छौँ । त्यसकारणले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न दिनुहुँदैन । ठिक ढङ्गले अघि बढ्नुपर्छ भन्ने कुरामा सरकार सचेत छ ।’ 

अर्थ मन्त्रालयका सहसचिव श्यामपसाद भण्डारीले बजेटलाई यथार्थपरक बनाउन अर्थ मन्त्रालय लागिरहेको बताए । उनले धेरै मन्त्रालयहरूले सिलिङ नपुगेको बताउने गरेको बताउँदै खर्चको स्थिति कमजोर भए पनि बजेट डिमाण्ड उच्च रहेको बताए । उनले भने– ‘अहिले खर्चको स्थिति हेर्ने हो भने ५० प्रतिशतको हाराहारीमा छ । बजेटको डिमाण्ड जहिले पनि उच्च छ । लक्ष्य महत्त्वाकाङ्क्षी राख्ने, खर्चको सीमा पनि त्यही अनुसारको राख्ने हुँदो रहेछ ।’उनले रकमान्तर गर्नका लागि पनि पहिल्यै ठूलो बजेट माग गर्ने प्रवृत्ति रहेको बताए । बजेटमा तयारी नपुगेका योजनाहरू राख्दा समेत समस्या भइरहेको उनको भनाई छ । 

राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सरकार जिम्मेवार नदेखिएको बताए । उनले संसदीय समितिमा समेत अर्थमन्त्रीका कारण प्रि बजेट छलफल हुन नसकेको बताए । उनले ग्रे लिस्टमा पर्नुको जिम्मेवारी सरकारले नलिएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने– ‘ग्रेलिस्टमा पर्नु सरकारको कारणले होइन भनेर अर्थमन्त्रीले भने । यो भन्दा अघिको सरकारमा को थियो ? नेकपा एमाले होइन । सबभन्दा बढी मन्त्रालयको नेतृत्व गरेर एमाले सरकारमा बसेको होइन । त्यसको जबाफदेही एमाले हुनु पर्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ