काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार भएको २३औँ खेलमा गुजरात टाइटन्स (जीटी)ले राजस्थान रोयल्स (आरआर)लाई ५८ रनले पराजित गरेको छ।
नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रनको योगफल तयार पारेको थियो।
गुजरातका लागि साई सुदर्शनले उत्कृष्ट ब्याटिङ गर्दै ८२ रनको पारी खेले। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो।
राजस्थानका लागि जोस बटलर र शाहरुख खानले समान ३६-३६ रन बनाए पनि अन्य ब्याट्सम्यानको सहयोग नपाउँदा टोली पराजित भयो।
बलिङतर्फ गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए भने साई किशोर र राशिद खानले २-२ विकेट हात पारे। राजस्थानका महीश तीक्षणा र तुषार देशपांडेले पनि २-२ विकेट लिए।
योसँगै गुजरात अङ्कतालिकाको शीर्षस्थानमा पुगेको छ । पाँच खेलमा चार खेल जित्दै ८ अङ्कसहित गुजरात अङ्कतालिकाको शीर्षस्थानमा रहेको छ ।