arrow

झुण्डिएको अवस्थामा भेटियो वडाध्यक्ष भण्डारीको शव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
Tarakhola_Gaunpalika.png

ढोरपाटन । बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । 

डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ । 

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ