arrow

एनसेल एनएसएलमा काठमाडौँको चौथो खेलमा पहिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
ncell-nsl-kat-but.jpg

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार बेलुकी भएको  खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो । 

यस जितसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौँले चार खेलबाट पाँच अङ्क पुर्याएको छ । समान खेल खेलेको बुटवलको भने एक अङ्क छ । बुटवल अङ्क तालिकामा पुछारमा छ ।

काठमाडौँका डिओपले खेलको ८८ औँ मिनेटमा गोल गरेका हुन् । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइन नजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन् ।  

प्रतियोगितामा बुधबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ