arrow

लखनउले कोलकातालाई हरायो चार रनले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
ipl-2025-lsg-kkr.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको हाइस्कोरिङ खेलमा लखनउ सुपर जाइन्टस विजयी भएको छ । 

लखनउले साविक विजेता कोलकाता नाइट राइडर्सलाई चार रनले हराएको छ । कोलकाताको घरेलु मैदानमा कोलकातालाई हराउने क्रममा पहिले ब्याटिङ गरेको लखनउले ३ विकेटको क्षतिमा २३८ रन बनायो । मिचेल मार्शले ४८ बलमा ८१ तथा निकोलस पुरनले ३६ बलमा अविजित रहँदै ८७ रन बनाए । त्यस्तै एड्रेन मार्करमले २८ बलमा ४७ रन जोडे । 

जवाफमा कोलकाताले ७ विकेटको क्षतिमा २३४ रन बनायो । कप्तान अजिन्क्या रहानेले ३५ बलमा ६१, वेंकटेश अथ्यरले २९ बलमा ४५ तथा रिंकु सिंहले १५ बलमा अविजित रहँदै ३८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

आकाश दीप र शार्दुल ठाकुरले २–२ विकेट लिए । जितसँगै लखनउ ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ भने कोलकाता ४ अंकसहित छैटौँ स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ