arrow

समितिले सिफारिसमा ढिलाई गरेपछि वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ । 

गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो । 

नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको उनको सचिवालयले जनाएको छ ।

गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ