arrow

आईपीएलमा गुजरातले हरायो हैदराबादलाई, पुग्यो दोस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
gujurat-2025.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सनराइजर्स हैदराबाद (एसआरएच) ले लगातार चौथो हार बेहोरेको छ। घरेलु मैदानमा भएको खेलमा गुजरात टाइटन्सले हैदराबादलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा गुजरातले टस जितेर बलिङ रोजेको थियो। हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो। हैदराबादका लागि नीतीश कुमार रेड्डीले ३१ र हेनरिक क्लासेनले २७ रन बनाएका थिए। उनीहरुले एक मात्र अर्धशतकीय साझेदारी गरे। गुजरातका मोहम्मद सिराजले ४ विकेट लिए भने प्रसिद्ध कृष्णा र साई किशोरले २-२ विकेट लिए।

१५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। गुजरातका कप्तान शुभमन गिलले अविजित ६१ रनको शानदार पारी खेले भने शेरफेन रदरफोर्डले ३५ रनको योगदान दिए। वासिङ्टन सुन्दरले पनि ४९ रन बनाए। हैदराबादका मोहम्मद शमीले २ विकेट लिए भने कप्तान प्याट कमिन्सले १ विकेट लिए।

यो जितसँगै गुजरात ४ खेलमा ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। हैदराबादले भने ५ खेलमा २ अंक मात्र जोड्दै अंक तालिकाको १० औं स्थानमा झरेको छ। गुजरातले लगातार तेस्रो जित निकालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ