एनसेल एनएसएलमा पोखराको पहिलो जित, काठमाडौँ पराजित, धनगढी र ललितपुरले खेले बराबरी
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
722
Shares
काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पोखरा थन्डर्सले पहिलो जित हासिल गरेको छ । शनिबार भएको पहिलो खेलमा पोखराले काठमाडौँ रेजर्सलाई २–० ले पराजित गर्यो ।
पोखरा तीन खेल खेल्दै पुछारबाट चौथो स्थानमा उक्लिएको छ। यसअघि पोखरा एफसी चितवनसँग २–० र साविक विजेता ललितपुर सिटी एफसीसँग पोखरा ३–२ ले पराजित भएको थियो ।
काठमाडौँको भने यो पहिलो हार हो। पहिलो खेलमा काठमाडौँले ललितपुरलाई २–२ को बराबरीमा रोकेको थियो। दोस्रो खेलमा झापा एफसीसँग काठमाडौँ गोलरहित बराबरीमा रोकिएको थियो ।
पोखराको जितमा स्टेफेन समीर विनोङ र र सुदील राईले गोल गरे ।
त्यसैगरी दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरीको खेल खेलेका छन् । खेल गोलरहित बराबरीमा सकिएको हो ।