arrow

एनसेल एनएसएलमा आज दुई खेल, चितवनको लगातार दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
ncell-nsl-chitwan-butwal.jpg

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा उक्त प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा थन्डर्स र काठमाडौँ रेजर्सबीच हुनेछ । 

त्यसैगरी दोस्रो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । 

यता एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ । दशरथ रङ्गशालामा शुक्रबार बेलुकी सम्पन्न भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीमाथि १–० को  जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । 

यसअघि भएको पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो ।

चितवनको जितमा टोरिक जेब्रिनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक सावित भयो ।
 
जितसँगै चितवनले दुई खेलबाट ६ अङ्क बनाएको छ । यता तीन खेलमा बुटवलको भने एक अङ्कमात्र छ । बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा धनगढी एफसीसँग ४–१ गोल अन्तरले हारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ