arrow

लखनउसँग मुम्बईको हार, पाण्डेयाको पाँच विकेट खेर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
hardik-pandey-mi-25-4-4.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जाइन्टसले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ ।

 गएराति लखनउमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाउन सफल भएको थियो । मिचेल मार्स र एडेन मार्करामको अर्धशतकको आधारमा २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको हो ।
मुम्बई कप्तान हार्दिक पाण्डेयाले ५ विकेट लिए । जवाफमा मुम्बई ५ विकेट गुमाएर १९१ रनमा समेटिन विवश भएको थियो ।

सूर्यकुमार यादवले पनि अर्धशतक प्रहार गरे पनि उनको प्रयास भने खेर गयो र मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९१ रन मात्रै बनाएर पराजय सामाना गर्न बाध्य भयो । पाण्डेयाले अलराउन्ड खेल्दै १६ बलमा अविजित रहँदै २८ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । 

लखनउको यो दोस्रो जीत हो । मुम्बईले तेस्रो हार बेहोरेको छ । मुम्बईले एक खेलमात्र जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ