आईपीएलमा कोलकाताको सबैभन्दा कमजोर योगफल, डेब्युमै अश्विनीलाई चार विकेट
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
738
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करणमा कोलकाता नाइट राइडर्स सबैभन्दा कमजोर योगफल बनाउने टिम बनेको छ ।
कोलकाताले मुम्बईमा भएको खेलमा मुम्बई इन्डियन्ससँग जारी संस्करणको सबैभन्दा कम योगफल बनाएको हो ।
कोलकाता टस हारेर पहिले ब्याटिङ गर्दै १६.२ ओभरमा अलआउट हुँदै ११६ रनमा अलआउट भयो ।
अंगक्रिस रघुवंशीले सर्वाधिक २६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा डेब्यु खेलाडी अश्विनी कुमारले २४ रन खर्चेर ४ विकेट लिए ।
अश्विनी डेब्यु खेलमै चार विकेट लिने आईपीएलका पहिलो खेलाडी बनेका छन् ।
त्यस्तै दीपक चहरले २ तथा ट्रेन्ट बोल्ट, हार्दिक पाण्डेया र भिग्नेश पुथुरले १–२ विकेटल लिए ।
अंक तालिका
२ खेलबाट ४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु शीर्ष स्थानमा छ भने दिल्ली समान खेलबाट समान अंकसहित दोस्रो स्थानमा छ ।
लखनउ सुपर जाइन्टस, गुजरात टाइटान्स, पञ्जाब किंग्स, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सको समान २ अंक छ भने मुम्बई इन्डियन्स अंकविहीन छ ।