arrow

क्रियाशील सदस्यता विवादलाई तीन दिनभित्र टुङ्गो लगाउन काँग्रेसको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७२ पुष ५ आइतबार
congress-flag.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता छानबिन समितिलाई तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउन र सोहीअनुसार सभापतिले निर्वाचन समितिमा पठाउन निर्देशन गरेको छ । 
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनसम्म चलेको बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदनबारे टुङ्गो लगाउँदै सो निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो । 
 
सभापति सुशील कोइरालाको सभापतित्वमा सम्पन्न बैठकमा पार्टीको आसन्न १३औँ महाधिवेशनको तयारीका साथै समसामयिक राजनीति र मधेस आन्दोलनलाई सम्बोधन गर्ने सम्बन्धमा पनि बृहत् रुपमा छलफल भएको थियो । 
 
क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका विवादमाथि नेताहरुबीच चर्को बहस भएको थियो । अधिकांश सदस्यले क्रियाशील सदस्यता वितरणको पारदर्शिता, मापदण्डका विषयमा प्रश्न उठाउँदै पुनरवलोकन गरिनुपर्ने धारणा राखेका थिए भने केही सदस्यले त्यसको बचाउ गरेका थिए ।
 
गत बुधबादेखि बसेको काँग्रेस केन्द्रीय समिति बैठक आज सम्पन्न भएको हो । आजको बैठकमा बोल्नेमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शशाङ्क कोइराला, एनपी साउँद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, रामकुमार चौधरी, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, कविताकुमारी सरदार वाँतर, मीनाक्षी झा, सुजाता परियार र डिल्लीराज रेग्मी, आमन्त्रित सदस्यहरु केशव सिंह, महेन्द्र शर्मा, कल्याणकुमार गुरुङ र नारायण कोइराला तथा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरु रमेश लेखक र रामकृष्ण यादवले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 
 
बैठकमा पेस भएको प्रतिवेदनानुसार काँग्रेसमा पुराना तीन लाख १६ हजार ८६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएका छन् । त्यस्तै पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ