arrow

विशेष अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
supreme-court-photo-oli.jpg

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्यक्रम निर्देशक बलराम थापासहित सात जना विरुद्ध आयोगले दायर गरेको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

निर्देशनालयका तत्कालीन निर्देशक थापा, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा समेतका प्रतिवादी विरुद्ध रु ४७ लाख ३७ हजार छ सय २९ बराबरको भ्रष्टाचार भएको आरोपमा विशेषमा मुद्दा दायर गरेको थियो । 

तेह्रथुमको म्याङलुङ नगरपालिका-५ जिरीखिम्ती माझगाउँमा आम्फुवा पशु हाटबजार निर्माणमा कामभन्दा बढी भुक्तानी गरेकाले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो बमोजिम जरिवानासमेत माग गरी मुद्दा दायर गरिएको थियो । 

आयोगले दायर गरेको मुद्दामा विशेषले गत २०८० फागुन १ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । विशेषको उक्त फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ