arrow

दिल्लीको शतप्रतिशत प्रदर्शन, हैदराबादमाथि ७ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
ipl-25-klassen-rahul.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करणको दशौँ खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले शतप्रतिशत नतिजासहित दोस्रो जित हासिल गर्ने क्रममा आइतबार सनराइजर्स हैदराबादलाई हरायो । 

विशाखापट्नममा भएको खेलमा हैदराबाद ७ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको हैदराबादले १८.४ ओभरमा अलआउट हुँदै १६३ रन बनायो । अनिकेत वर्माले ४१ बलमा ७४ रन बनाए । 

मिचेल स्टार्चले ५ तथा कुलदीप यादवले ३ विकेट लिए । 

जवाफमा दिल्लीले फाफ दु प्लेसिसको ५० रनको मद्धतले १६ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । 

अढाई महिना चल्ने आईपीएलमा १० टिम सहभागी छन् । मुम्बई इन्डियन्स र चेन्नई सुपर किंगसले समान ५ पटक उपाधि जितेका छन् भने साविक विजेता कोलकाता नाइट राइडर्स हो । 

अंक तालिका
२ खेलबाट ४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु शीर्ष स्थानमा छ भने दिल्ली समान खेलबाट समान अंकसहित दोस्रो स्थानमा छ । 

लखनउ सुपर जाइन्टस, गुजरात टाइटान्स, पञ्जाब किंग्स, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्सको समान २ अंक छ भने मुम्बई इन्डियन्स र राजस्थान रोयल्स अंकविहीन छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ