arrow

मनाइयो घोडे जात्रा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
ghode-jatra-081.jpg

काठमाडौँ । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडे जात्रा मनाएको छ । अघिल्ला वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडे जात्रा मनाएको हो । 

घोडे जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मन्त्रीहरू, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरू प्रस्तुत गरेको थियो । साथै समारोहमा नृत्य समेत प्रस्तुत गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ