arrow

पूर्वराजाले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट गरेनन् – देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
deuba-81-12-16-y.jpg

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् । 

लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् ।

सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे । उनले ज्ञानेन्द्र शाहले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे । उनले देशमा  गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहँदैमा यो व्यवस्था परिवर्तन हुँदैन भने । 

हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ