तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्याँस र पानीको फोहरा प्रयोग (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
874
Shares
काठमाडौँ। राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै पानीको फोहरा प्रयोग गरेको छ।
प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। अवस्था तनावग्रस्त बनेपछि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। हाल तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।