काठमाडौँ। प्रमुख तीन दलका शीर्ष नेता एकै मञ्चमा उभिएका छन्। नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रममा तीन शीर्ष नेता एकै मञ्चमा उभिएका हुन्।
एभरेस्ट होटेल, नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली ,पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले सो कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरेका छन्।