arrow

अधिक तरलता व्यवस्थापन गर्न बैङ्किङ प्रणालीबाट आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
nrb-head-office-balwatar.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बजारमा अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले लगातार निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

आज बुधवार चैत १३ गते उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैङ्कले जनाएको छ। इच्छुक बैङ्क तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रीय बैङ्कले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति वैशाख ३ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ। बैङ्क तथा वित्तीय सस्ताहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ