एनएमबि बैङ्कद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
420
Shares
काठमाडौँ। एनएमबि बैङ्कले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ। सो कार्यक्रम अन्तर्गत एनएमबि बैङ्कले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ।
ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैङ्कले विभिन्न छेत्रमा प्रभात फेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ।
बैङ्कले आफ्नो सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको छ। बैङ्कको वित्तीय साक्षरता कार्यक्रमबाट ३,००० जना भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
एनएमबि बैङ्कले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।