कोरियाका प्रधानमन्त्रीले पाए ‘क्लिन चिट’, फेरि कार्यवाहक राष्ट्रपति
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
1.8k
Shares
सोल । महाभियोग लगाइएका प्रधानमन्त्री हान डक सूलाई दक्षिण कोरियाली अदालतले कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरेको छ ।
दक्षिण कोरियाको संवैधानिक अदालतले महाभियोग लगाइएका प्रधानमन्त्री हान डक सूलाई कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरेको हो । जुन राष्ट्रपति युन सुक–योलको महाभियोगबाट सुरु भएको राजनीतिक घटनाक्रमको पछिल्लो अपडेट हो ।
अदालतका आठ न्यायाधीशहरूले सोमबार हानको महाभियोग खारेज गर्न ७–१ को अन्तरमा मतदान गरेका थिए । लगत्तै उनी देशको सर्वोच्च पदमा पुनर्स्थापित हुन पुगेका छन् ।
तर न्यायाधीशहरूले डिसेम्बर ३ मा संक्षिप्त रूपमा मार्शल ल लागू गरेपछि आफ्नो कर्तव्यबाट निलम्बित भएका यूनको भाग्यलाई छुट्टै विचार गर्नेछन्, उनको बारेमा भने अझै निर्णय हुन सकेको छैन ।
अदालतका पाँच न्यायाधीशहरूले हान (७५) हानविरुद्ध महाभियोग प्रस्ताव वैध भए पनि महाभियोग लगाउन पर्याप्त आधार नभएको पाएको जनाएका छन् । तर थप दुई जना न्यायाधीशले भने व्यवस्थापिकाको महाभियोग प्रस्तावलाई शुरुदेखि नै वैधानिकता नभएको फैसला सुनाएका थिए ।
किनभने यसलाई दुई तिहाई बहुमतको सट्टा ३०० सांसदहरूमध्ये १९२ जनाले मात्र समर्थन गरेको अवस्था रहेको थियो ।
डिसेम्बर १४ मा युनको महाभियोग पछि कार्यवाहक राष्ट्रपति नियुक्त भएका थिए । तर, संवैधानिक अदालतमा थप ३ न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको कारण हान आफैँलाई दुई हप्ता भन्दा कम समयपछि कार्यकारी राष्ट्रपतिको जिम्मेवारीवाट निलम्बित गरिएको थियो ।
फैसलापछि एक टेलिभिजन सम्बोधनमा हानले अदालतको ‘बुद्धिमान निर्णय’ को लागि कृतज्ञता व्यक्त गरेका छन् । र उनले आफ्नो देशले सामना गरिरहेको भूराजनीतिक चुनौतीहरू कम गर्न ध्यान केन्द्रित गर्ने वाचासमेत गरेका छन् ।
‘मलाई विश्वास छ कि सबै नागरिकहरूले अत्यधिक ध्रुवीकृत राजनीतिक क्षेत्रको विरुद्धमा स्पष्ट रूपमा बोलिरहेका छन् मलाई लाग्छ कि विभाजनको लागि कुनै ठाउँ छैन, हाम्रो देशको प्राथमिकता अगाडि बढ्नु हो,’ हानले अदालतको फैसाला पछि भने ।
तत्कालीन राष्ट्रपति युन सुकले अप्रत्याशित रूपमा मुलुकमा ‘मार्शल ल’ लगाए पछि महाअभियोगवाट पदमुक्त भए पछि दक्षिण कोरियाका संबिधान अनुसार प्रधानमन्त्री हान स्वतः कार्यबहाक राष्ट्रपतिको जिम्मेवारीमा थिए ।
तर उनीमाथि पनि अभियोग दर्ता भएपछि जिम्मेवारीविहीन भएपछि सोमबार भने उनलाई अदालतले पुनर्स्थापित गरेको हो ।