arrow

आईपीएलमा दिल्ली र लखनउ भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
ipl-logo-always.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करणको चौथो खेलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टसबीच भिडन्त हुँदैछ । 

खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे विशाखापट्नममा हुँदैछ । दिल्लीको कप्तानी अक्षर पटेलले गर्दैछन् भने लखनउको कप्तानी ऋषभ पन्तले गर्दैछन् । दुवै टिमले नयाँ कप्तान चुनेका हुन् । 

अढाई महिना चल्ने आईपीएलमा १० टिम सहभागी छन् । मुम्बई इन्डियन्स र चेन्नई सुपर किंगसले समान ५ पटक उपाधि जितेका छन् भने साविक विजेता कोलकाता नाइट राइडर्स हो । 

यसअघिको नतिजा
 –तेस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हरायो । 
 –दोस्रो खेलमा सनराईजर्स हैदराबादले कूल ५२८ रन भएको खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ । हैदराबादका इशान किशनले ४७ बलमा अविजित रहँदै १०६ रन बनाए । 

–पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ