आईपीएलको १८ औँ संस्करण शुरू, बैंगलुरूविरुद्ध कोलकाताले बनायो १७४ रन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
745
Shares
तस्बिर – उद्घाटनका क्रममा कोलकाताका मालिक बलिउड किंग खान शाहरुख खान र बैंगलुरूका सबैभन्दा अनुभवी खेलाडी विराट कोहली, एपी ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करण शनिबारदेखि शुरु भएको छ । कोलकातामा जारी उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरूविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १७४ रन बनाएको छ ।
कप्तान अजिन्क्या रहानेले ३१ बलमा ५६ तथा सुनिल नाराइनले २६ बलमा ४४ रन बनाए ।
क्रुनाल पाण्डेयाले ३ तथा जोश हाज्लेवुडले २ विकेट लिए । काेलकाता साविक विजेता हो भने बैंगलुरूले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।