arrow

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चुन्न मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
ndda-election-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान जारी रहेको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अपरान्हमात्र मतदान शुरू भएको संघका वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए । निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष महिला सहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र कोशी प्रदेशको भुगोलबाट निर्वाचित हुने दुई केन्द्रीय सदस्य बाहेक अरु पदमा निर्विरोध भैसकेको छ ।

अध्यक्ष पदमा माधवप्रसाद चम्लागाईं, विकास थापा र कल्पना खड्का उम्मेदवार छन् । महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ ।

जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला–खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ। बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन् ।

यसमध्ये मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भैसकेका छन् । 

खुलातर्फ तीन महिला सदस्य पनि निर्विरोध भैसकेका छन् भने फरक वर्ग तर्फबाट ७ जना निर्विरोध भैसकेको पन्तले जानकारी दिए । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट महाधिवेशन जारी छ । 

महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ