राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन
हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविस्मरणीय छ – सभापति देउवा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
2.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय रहेको बताएका छन् ।
कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय रहेको बताए ।
‘२०४६ होस् वा २०६२–०६३ हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान छ, त्यसलाई कांग्रेसले स्मरण गरेको छ’, सभापति देउवाले भने ।
उनले अपाङ्गता भएका ब्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्वको विषय कार्यान्वयन गर्दै अघि बढिरहेको र कांग्रेसले अझै सबै क्षेत्रलाई समेटेर अघि बढ्ने बताए ।