arrow

एक साताका लागि म्यानमार गए माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
smadhav-10-04.jpg
फाइल तस्बिर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार गएका छन् । 

म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड-२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वल्र्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आज त्यसतर्फ गएका हुन् । 

करिब एक साताको भ्रमण अवधिमा उनले त्यहाँका विभिन्न नेतासँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ । 

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो । 

अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेसँगै पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ । 

पार्टी उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष पाण्डेले दैनिक कार्य सञ्चालन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ