टेकनारायण पाण्डे र बेचन झा जेलमै, थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
1.2k
Shares
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहसचिव टेकनारायण पाण्डे र बेचन झालाई सर्वोच्च अदालतले जेलमै पठाइदिएको छ ।
थुनामुक्त गर्नका लागि परेको निवेदनमा सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेसँगै दुवै जना जेलमै रहने भएका छन् । उनीहरूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले उक्त बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला र पुनरावेदन दुवै तहबाट दोषी ठहर भएका पाण्डेकी पत्नी मञ्जुले उनलाई थुनामा राख्ने काम गैरसंवैधानिक भएको भन्दै रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । त्यसमाथि कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सुनुवाइ गर्दै रिट खारेज गरिदिएको हो ।
त्यस्तै केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका झाले थुनामुक्त गरिपाउँ भनी रिट दायर गरेका थिए । झालाई काठमाडौँ जिल्ला अदालतले गत भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।