arrow

कानूनी उपचार खोज्ने चेतावनी 

सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न कांग्रेस नेता केसीको रास्वपा सांसदलाई चुनौती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
kedarnarsing-kc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफू विरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई चुनौती दिएका छन् । फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नम्बर ९ (मनमैजु) को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनि आरोप लगाएका थिए । 

सोही विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आधार र प्रमाण बिना रास्वपा सांसदहरूले वदनियतपूर्ण तरिकाले लाञ्छना लगाएको बताए । सांसदको शून्य समयमा सांसदद्वयबाट अस्वाभाविक रूपमा आधार तथा प्रमाण नै बिना भ्रमपूर्ण प्रचार गरिएको बताए । संसद्मा उठाएको विषयलाई प्रमाणित गरी कानुनतः दोषी प्रमाण गर्न चुनौती दिए । रास्वपा सांसद द्वयले आफ्नो चरित्र, साख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने चेतावनी दिए । 

उनका अनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सोको सम्बन्धमा काठमाडौं जिल्ला साबिक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्ग मिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नाममा कार्यालयको मोठ श्रेस्तामा जनिएको ब्यहोरा उल्लेख छ । उनले मालपोत कार्यालयले तारकेश्वर नगरपालिकालाई उक्त ब्यहोराको पत्र लेखि पठाएपछि स्थानीय वडा कार्यालयले मोठ भिडाउने लगायतका काम गरिसकेको बताए । 

कित्ता नम्बर ६३ प्रस्तावित बाटो भनेर पहिले नै पास भइसकेको बताए । सोही अनुरूप सीमाङ्कन गर्न भनेर एक वर्षअघि नै आफूले निवेदन दिएको र हाल सीमाङ्कनको काम पनि सकिसकेको जानकारी दिए । लगाइएको पर्खालको सन्दर्भमा ढिस्कोको रूपमा रहेको जग्गाबाट माटो, बालुवा झरेर बाटो समेत छेकिने अवस्था रहेकाले उक्त कार्य रोक्नका लागि स्थानीय र जनप्रतिनिधिको आग्रह र रोहवरमा नै २०५५/०५६ साल तिरै पर्खाल लगाइएको बताए । 

उनले आफूले कानून विपरीत कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममै रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ