arrow

रवि लामिछानेहरु दरबारसँगै मिल्ने गुरुङको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
tarundal-nawalpur.jpg

नवलपुर । नेपाल तरुण दल गैडाकोट नगर कार्यसमिति विस्तार गरिएको छ । उक्त कार्यसमितिमा मनोनित हुनेहरुलाई तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आदा ओढाएर प्रमाणपत्र वितरण गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले दल महाधिवेशन गर्न उन्मुख भइरहेको बताउँदै पूर्णकालीन फारामहरु यथाशीघ्र केन्द्रमा बुझाउन निर्देशन दिँदै नवनिर्वाचित गैडाकोट नगर कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए । 

उनले रवि लामिछानेहरु अन्ततः दरबारसँगै मिल्ने दाबी गर्दै खोक्रो नाराको तरुणहरुले विरोध गर्नुपर्नेमा जोड दिए । 

गुरुङले बीपी पुत्र डा शशांक कोइरालाको गृह जिल्लामा उपस्थित भएर कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई गर्व महसुस भएको बताए । 

कार्यक्रम तरुण दल गैडाकोट नगर समिति अध्यक्ष रोशन सापकोटाको अध्यक्षता , कांग्रेस नवलपुर क्षेत्र नं १ सभापति एवं उद्योग वाणिज्य महासंघ गण्डकीका प्रदेश अध्यक्ष अमृत भट्टचन ,कांग्रृस महासमिति सदस्य गोकुल सापकोटा, कांग्रेस गैडाकोट नगर सचिव अमृत श्रेष्ठ, तरुण दल नवलपुर जिल्ला अध्यक्ष मीन घलेको आतिथ्यतामा भएको थियो ।

त्यस्तै नेपाल तरुण दल केन्द्रीय सदस्य आरसी भट्टराई ,जगदिश खाण ,गोविन्द क्षेत्री, मोतिराम चालिसे, राजु पौडेलको सहभागिता रहेको थ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ