arrow

संसद अबरुद्ध गर्ने निर्णय तर्कसंगत भएनः गृहमन्त्री निधि

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
nidhi.jpeg
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सर्वोच्च अदालतको फैसलापछि पनि संसद अबरुद्ध गर्ने कुरा तर्कसंगत नभएको बताएका छन् ।  
“सर्वोच्च अदालतले नै संबिधान संशोधन सम्बन्धी निर्णय गर्ने थलो संसद भनिसकेको छ” , गृहमन्त्री निधिले भने “एमालेले संसद अबरोध गर्ने निर्णय फिर्ता लिएर छलफल गरी निर्णय प्रकृयामा भाग लिनुपर्छ ।” संसदबाट संबिधान संशोधन प्रकृया अघि बढेपछि संबिधान कार्यान्वयन प्रकृया शुरु हुने उनले उल्लेख गरे।
 
राजधानीमा शुक्रबारआयोजित डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपालले तयार पारेको डिप्लोमा इन्जिनीयर्सले तयार पारेको गीतको लोकार्पण गर्दै गृहमन्त्री निधिले २०७४ माघभित्र तीनै तहको निर्बाचन गर्ने सरकारको मुख्य दायित्व भएको उल्लेख गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ