आउँदो आर्थिक वर्षको बजेट पुराना आयोजना पूरा गर्ने गरी ल्याउनुपर्छ- कांग्रेस प्रमुख सचेतक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
879
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरू सम्पन्न गर्ने गरी ल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरू सम्पन्न हुन नसकेको बताए । उनले लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरिएको भए पनि योजनाहरू सम्पन्न हुन नसकेको बताए ।
उनले भने, ‘बजेट बनाउने बेला हुँदै छ । बजेट बनाउँदा नयाँ नयाँ कार्यक्रमहरु थप्ने तर पुरा नगर्ने महारोग यो देशमा देखियो । अब यसले चाहिँ लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरेको छ । तर कुनै पनि योजनाहरू सम्पन्न भएका छैन । त्यसकारण यो वर्ष नयाँ योजना भन्दा पुराना र थालिएका योजनाहरूलाई सम्पन्न गर्ने गरी बजेट विनियोजनमा राखियोस् भन्ने सभामुखमार्फत सरकारसँग आग्रह गर्न चाहन्छु ।’
उनले थालिएका योजनाहरू सम्पन्न गर्ने गरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।