arrow

प्रहरीको जिम्मा लगाइयो अमेरिकाले फर्काइदिएका नेपालीलाई [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
tia-nepal-airlines-81-11-21.jpg

काठमाडौँ । आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।  

अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । 

आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौँ आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गर्नुभयो । 

यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौँ”, अधिकृत अर्यालले भने, “चार्टट विमानबाट आउनुभएका आठ जनाका सम्बन्धमा नेपाल प्रहरीले सोधपुछका लागि पठाइदिन आग्रह गरेकाले प्रहरीको जिम्मा लगाएका छौँ ।”
 

usa-deported-81-11-21 (1).jpg
usa-deported-81-11-21 (2).jpg
usa-deported-81-11-21 (3).JPG
usa-deported-81-11-21 (4).JPG
usa-deported-81-11-21 (5).JPG
usa-deported-81-11-21 (6).JPG
usa-deported-81-11-21 (7).JPG
usa-deported-81-11-21 (8).jpg
usa-deported-81-11-21 (9).jpg
usa-deported-81-11-21 (10).jpg
usa-deported-81-11-21 (11).jpg
usa-deported-81-11-21 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ