arrow

अख्तियारले ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्चमा दियो पुनरावेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ ।

दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने र सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

ललिता निवास जग्गा प्रकरणका ११० जना आरोपीविरुद्ध नै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् । अख्तियारले अन्य ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने मागसमेत राखेको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपीहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ