काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सले सिनियर खेलाडी अजिन्क्या रहानेलाई आफ्नो कप्तान बनाएको छ ।
कोलकोताले सोमबार रहानेलाई २०२५ सिजनका लागि कप्तान बनाएको जानकारी दिएको हो । त्यस्तै कोलकोताले वेंकटेश अय्यरलाई उपकप्तान बनाएको छ ।
आजिख्यलाई कोलकाताले अक्सनबाट डेढ करोड भारुमा लिएको थियो ।
गत सिजन कोलकोताको कप्तानी गरेका श्रेयस अय्यरलाई रिलिज गरेपछि कोलकाताको कप्तान को बन्ने भन्नेबारे अनेकौँ अड्कलबाजी भएका थिए ।
३६ वर्षीय रहाने यसअघि मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स जस्ता फ्रेंचाइजीबाट आईपीएल खेलिसकेका छन् भने २०२२ मा कोलकाताबाट पनि आईपीएल खेलेका थिए । उनी हाल मुम्बईको रणजी टिमको कप्तान पनि हुन् ।
यस सिजनको आईपीएल यही मार्च २२ देखि शुरु हुँदैछ । कोलकाताले पहिलो दिन नै आफ्नो घरेलु मैदान इडेन गार्डेनमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै छ ।