arrow

काभ्रे कांग्रेसमा विवाद छैन – बानियाँ 

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ फागुन १७ शनिबार
kavre-congress-81-11-16.jpg

काभ्रे । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बाहिर हल्ला भएजस्तो काभ्रे कांग्रेसमा कुनै विवाद नरहेको आफूले पाएको बताएका छन् । क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता बानियाँले यस्तो बताएका हुन् । 

ठूलो पार्टीमा निर्वाचनमा टिकट पाउन प्रतिश्पर्धा हुनु स्वभाविक भएको बताउँदै बानिँयाले त्यसपछि विवाद र आन्तरिक कलह कायमै रहन नहुने उल्लेख गर्दै कांग्रेस एकढिक्का रहेर आगामी चुनावमा जानु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नं २ को प्रदेश ख ले आफ्नो दोश्रो सम्मेलन भिन्न तरिकाले सम्पन्न गरेको छ । अन्य कार्यक्रममा मञ्चभरी नेता तथा भाषणका कार्यक्रम हुन्थे । तर शुक्रवार बनेपामा आयोजना भएको सम्मेलनमाा थोरै अतिथिहरुलाई मात्र मञ्चमा राखेर र विभिन्न शिर्षकमा प्रशिक्षणात्मक कार्यपत्र प्रस्तुत भएको छ ।

सहमहामन्त्री डिना उपाध्यायले उद्घाटन गरेको सम्मेलनमा नेतृत्व विकास र मानवअधिकार,, स्थानीय तह र त्यहाँ हुने बजेट निर्माण र प्रजातन्त्र र नेपाली कांग्रेस विषयमा कार्यपत्र प्रस्तुत भएको थियो ।

सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री डिना उपाध्यायले पार्टीले तल्लो निकाय सम्म प्रशिक्षणका कार्य गर्नुपर्नेमा जोड दिईन । उनले प्रत्येक तह केन्द्रले केन्द्रलाई, प्रदेशले प्रदेशलाई, जिल्लाले जिल्लालाई तथा प्रतिनिधि र प्रदेशले आफ्ना क्षेत्रका वडातहसम्म प्रशिक्षणमा जोड दिनुपर्ने बताइन ।

सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले काभ्रेमा कांग्रेसको एकताको विकल्प नभएको बताउँदै आफूले विष पिएर भए पनि पार्टीलाई बलियो र एक बनाउने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको संगठन मजवुत भयो भने कांग्रेस संगठनात्मक रुपमा बलियो हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले पार्टीमा समावेशी प्रतिनिधित्व हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले पार्टीभित्र सैदान्तिक एकता मान्य भएपनि व्यक्ति केन्द्रीत एकता मान्य नहुने बताए ।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले कांग्रेसले काभ्रेको समग्र विकासमा काभ्रे कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेलले कांग्रेसमाथी विभिन्न क्षेत्रबाट प्रहार हुन थालेकोले सबैजना मिलेर एकजुट भएर जानुको विकल्प नभएको बताए ।

सम्मेलनमा जनप्रतिनिधिको तर्फबाट बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, बनेपा नगर सभापति महेश कर्माचार्य, मण्डनदेउपुर नगर सभापति कश्यप पौडेल, बनेपा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, क्षत्रीय उपसभापति कुमुदा वैद्य, कांग्रेसको वडा सभापतिहरु उद्धव बोलखे, सागर लामिछाने, दीवाकर दाहाल, कुमार घिमिरे लगायतले मन्तब्य राखेका थिए ।

सम्मेलनमा नेतृत्व विकास र मानवअधिकारका बारेमा राजु सरकार, स्थानीय तह र त्यहाँ हुने बजेट निर्माणबारे पुरुषेतम नेपाल तथा प्रजातन्त्र र नेपाली कांग्रेस विषयमा डा श्याम भट्टराईले कार्यपत्र प्रस्तुत गरेको प्रवक्ता उज्वल प्रधानले जानकारी दिए ।

सांगठनिक र प्रगति प्रतिवेदन सचिव नेत्र दाहाल तथा आर्धिक प्रतिवेदन कोषाध्यक्ष गौतम मानन्धरले प्रस्तुत गरेको कार्यक्रमको संचालक सचिव युगेश्वर कायस्थ थिए भने उपसभापति गंगा घिमिरले अतिथिहरुलाई खादाले स्वागत गरेका थिए ।

कार्यक्रम सभापति रामहरी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । उनले कार्यकर्ताको भाव नेताहरुले बुझेर सहयोग गर्नुपर्नेमा जोड दिए । सम्मेलनमा प्रदेश समिति अन्तरगत रहेका ६ सय १ क्षेत्रीय प्रतिनिधी मध्ये ४ सय ७८ जनाको उपस्थिति रहेको थियो ।

त्यस्तै सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको समेत आयोजना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ