संयन्त्रको बैठकअघि देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
2.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएपछि सभापति देउवाले पार्टीमा छलफलका लागि अपरान्ह ४ बजे निजी निवास बुढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएका हुन् ।
बैठकमा संसद्मा पेश भएका अध्यादेश र पार्टीको भातृ संगठनको अधिवेशन लगायतका विषयमा छलफल हुने एजेण्डा रहेको बताइएको छ ।
सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि अलपत्र रहेको अवस्थामा सत्ता पक्षले छलफललाई तिब्रता दिएका छन् ।