काठमाडौँ । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुनाले काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षादेखि हिमपातसमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभागमा वर्षा भएको महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ ।
काठमाडौँ उपत्यकाका केही ठाउँमा बिहान हल्का पानी परेको थियो । त्यसबाहेक धुम्म रहेको छ । भिजिबिलिटी निकै कम छ । मौसम धुम्म भएको छ ।