arrow

सेनाको स्थापना दिवस, टुँडिखेलमा हर्ष बढाइँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
army-days.jpg

काठमाडौँ । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले बुधवार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६२ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेका थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए । हेलिकप्टरबाट राष्ट्रिय झन्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । 

जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति अशोक सिग्देल हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचिमा नेपाल अग्रणी स्थानमा पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ